Saturday, March 17, 2012

राष्ट्रको प्रतिष्ठा १६ मार्च, २०१२ शुक्रवार

हिजो १६ मार्च, २०१२ शुक्रवारका दिन कतारको गरफ्फा स्पोर्टस क्लबको ईन्डोर हलमा सम्पन्न भएको कम्युनिटी लिग भलिबल प्रतीयोगितामा नेपालले दोश्रो स्थान हासिल गर्‍यो । यसरी रोजिरोटीको क्रममा कतार आई आफ्नो राष्ट्रको प्रतिष्ठा लाई उच्च बनाउन बिगत् ७ महिना देखि आफ्नो कम्पनीको काम गरेर बाँकी समय खेल क्षेत्रमा अमुल्य समय दिई अनवरत रुपले लाग्नु भएका सम्पुर्ण नेपाली खेलाडी टीमलाई मुरी मुरी बधाई अनि हार्दिक धन्यवाद। यो हाम्रो कडा प्रतिस्पर्धा र उपस्थितीले हामी नेपालीको शिर ठाडो भएकै छ । प्रवासमा रोजगारी तथा व्यवसाय गरेर बचेको समय तथा सहयोग उपलब्ध गराएर राष्ट्रको खातिर गरिएको यस गौरबशाली कार्यको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण संघ संस्था, समुदायका विभिन्न क्ष्ेत्रमा क्रियाशिल महानुभावहरु, खेलको व्यवस्थापन तथा समन्वयमा क्रियाशिल नेपाली दुतावास तथा सहयोगिहरु, खेलाडीको हौसला बढाउन उपस्थित खेलप्रेमि दर्शकहरुलाइ समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।


राम केवल यादव   अध्यक्ष  एवम  समाज सेवा अभियान रुपन्देही परिवार

No comments:

Post a Comment