Tuesday, March 6, 2012

होलि पर्व अर्थात फागु पुणिर्माको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा मनाईने होलि पर्व अर्थात फागु पुणिर्माको अवसरमा कतारमा रहनुहुने सम्पूर्ण नेपाली दाजु, भाई, दिदि, बहिनि लगायत नेपालमा रहनुहुने  सम्पूर्ण नेपालीहरुमा समाज सेवा अभियान रुपन्देहीले हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
भगवान विष्णुका भक्त प्रहृलादलाई मार्ने ऊद्देश्यले आफ्नै पिता हिरण्यकश्यपुले बहिनि होलिकाका साथ आगोमा पठाऊदा आगोले नपोल्ने बरदान पाएकि होलिका भष्म भएको तर प्रहृलाद सकुसल रहेको दिनको सम्झनामा मनाईने यस पर्वले सम्पूर्ण नेपालीमा... आपसी सद्भाव , सहिष्णुता र भाईचाराको अभिबृद्धि गर्न सकोस भन्ने शुभकामना दिन चाहन्छौ ।
साथै परम्परागत धार्मिक र सांस्कृतिक मुल्यमान्यतालाई आत्मसाथ गर्दै यस पर्वलाई व्यवस्थित र मर्यादापूर्ण तरीकाले मनाऊन समेत सम्पूर्णमा आग्रह गर्दछौ ।
राम केवल यादव   अध्यक्ष  एवम  समाज सेवा अभियान रुपन्देही परिवार 

No comments:

Post a Comment