Saturday, March 17, 2012

राष्ट्रको प्रतिष्ठा १६ मार्च, २०१२ शुक्रवार

हिजो १६ मार्च, २०१२ शुक्रवारका दिन कतारको गरफ्फा स्पोर्टस क्लबको ईन्डोर हलमा सम्पन्न भएको कम्युनिटी लिग भलिबल प्रतीयोगितामा नेपालले दोश्रो स्थान हासिल गर्‍यो । यसरी रोजिरोटीको क्रममा कतार आई आफ्नो राष्ट्रको प्रतिष्ठा लाई उच्च बनाउन बिगत् ७ महिना देखि आफ्नो कम्पनीको काम गरेर बाँकी समय खेल क्षेत्रमा अमुल्य समय दिई अनवरत रुपले लाग्नु भएका सम्पुर्ण नेपाली खेलाडी टीमलाई मुरी मुरी बधाई अनि हार्दिक धन्यवाद। यो हाम्रो कडा प्रतिस्पर्धा र उपस्थितीले हामी नेपालीको शिर ठाडो भएकै छ । प्रवासमा रोजगारी तथा व्यवसाय गरेर बचेको समय तथा सहयोग उपलब्ध गराएर राष्ट्रको खातिर गरिएको यस गौरबशाली कार्यको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण संघ संस्था, समुदायका विभिन्न क्ष्ेत्रमा क्रियाशिल महानुभावहरु, खेलको व्यवस्थापन तथा समन्वयमा क्रियाशिल नेपाली दुतावास तथा सहयोगिहरु, खेलाडीको हौसला बढाउन उपस्थित खेलप्रेमि दर्शकहरुलाइ समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।


राम केवल यादव   अध्यक्ष  एवम  समाज सेवा अभियान रुपन्देही परिवार

Tuesday, March 6, 2012

हाम्रो भनाई......

समाज सेवा अभियान रुपन्देही  यस  अवस्थासम्म  आइपुग्दा सस्थाले अंगिकार गरेका यसका अभिन्न अंगका रुपमा रहेका सामाजिक , आर्थिक , सास्कृतिक र बौद्धिक पाइलाहरु कहिल्यै   नरोकिउन भन्दै एक अर्काका पूरक भएर अगाड़ी बड़ी रहून भन्ने सुभेच्छा प्रकट गर्न  चाहन्छौ ! रुपन्देही समाज र जिल्लाको पहिचान दिलाऊ सेवा रूपी पाइलाहरू रास्ट्रीय हितको पहिचान बडाऔ  भन्दै सम्पुर्ण रुपन्देहीवासी, सुभ चिन्तक मित्रहरुमा पुनस्च यस सस्थामा आबद्द हुन हार्दिक अपिल गर्दछौ !!

यहाहरुको सल्लाह र सुझाब नै हाम्रो गन्तब्य हुनेछ भने यस सस्थाको मुलभुत सिद्धान्त र निर्देशिका हाम्रा सहयात्री हुनेछ भन्ने हाम्रो थम्याई छ !!

         

होलि पर्व अर्थात फागु पुणिर्माको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा मनाईने होलि पर्व अर्थात फागु पुणिर्माको अवसरमा कतारमा रहनुहुने सम्पूर्ण नेपाली दाजु, भाई, दिदि, बहिनि लगायत नेपालमा रहनुहुने  सम्पूर्ण नेपालीहरुमा समाज सेवा अभियान रुपन्देहीले हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
भगवान विष्णुका भक्त प्रहृलादलाई मार्ने ऊद्देश्यले आफ्नै पिता हिरण्यकश्यपुले बहिनि होलिकाका साथ आगोमा पठाऊदा आगोले नपोल्ने बरदान पाएकि होलिका भष्म भएको तर प्रहृलाद सकुसल रहेको दिनको सम्झनामा मनाईने यस पर्वले सम्पूर्ण नेपालीमा... आपसी सद्भाव , सहिष्णुता र भाईचाराको अभिबृद्धि गर्न सकोस भन्ने शुभकामना दिन चाहन्छौ ।
साथै परम्परागत धार्मिक र सांस्कृतिक मुल्यमान्यतालाई आत्मसाथ गर्दै यस पर्वलाई व्यवस्थित र मर्यादापूर्ण तरीकाले मनाऊन समेत सम्पूर्णमा आग्रह गर्दछौ ।
राम केवल यादव   अध्यक्ष  एवम  समाज सेवा अभियान रुपन्देही परिवार 

Sunday, March 4, 2012

BLOOD DONATION


BLOOD DONATION CAMPAIGN HELD BY  SAMAJ SEWA ABHIYAN  RUPANDEHI

प्रथम सदारण सभा भेला सहित डारेक्टरी बिमोचन कार्यक्रम २०१०


दोस्रो साधारण सभाको भेला



दोस्रो साधारण सभाको भेला


दोहा, माघ ५

दोहा, माघ ५ -वैदेशिक रोजगारीको कतारमा कार्यरत करिब ३ लाख ५० हजार नेपालीमध्ये सन् २०११ मा १ सय ७१ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा सबैभन्द धेरै ९२ जनाको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

सेवा नै धर्मं हो

रुपन्देही फर्साटिकट   अमुवा गाबिसमा घर भई बिगत तीनवर्षदेखि कतारको दोहामा कार्यरत श्री पशुपति खनालका दुबै मृगौला (किड्नी) खराब भएकोले निजलाई सकेसम्म एउटामात्रै भएपनि मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले र यो उपचार अत्याधिक महङ्गो भएकोले सम्पूर्ण साथीभाई, ईष्टमित्र र शुभेच्छुकहरूमा साहयोगार्थ रकमको लागि हार्दिक अपील गर्दछौं ।" समाज सेवा अभियान रुपन्देही "
सहयोगको लागि बैंक एकाउण्ट निजको श्रीमतीका नाममा खोलिएको छ ।

माया खनाल Maya Khanal:
A/C # 004 0050 1210995
Everest Bank Ltd
Butwal Branch BP chowk Butwal

Contact No:
Butwal: 9847432096, Dhruba Gyawali
Kathmandu: 9841331456, Govinda Khanal
Qatar: 55359607, Yadunath Gyawali
Qatar: 55174640, Shree Ram Gautam

हजुरहरुको सानो सहयोगले कसैको जीवन दान हुनेछ !!




सहभागतिको लागी हार्दिक अपील

बिगत दुई बर्ष यता बाट सुरु भएको एस समाज सेवा अभियान रुपन्देही दोहा कतारले समाज सेवा अभियानमा चौबिसै घण्टा निरन्तर लागि परि आयोको र दोहा कतारमा उन्मुख र सृजनसिल काम गर्दै आयोकोले रुपन्देही बासी सम्पूर्ण मित्र जन जति पनि दोहा कतारमा बसाई गर्दै आउनु भएको छ र हाल सम्म एस समाज सेवामा आफ्नो सहभागिता जनाउनु भएको छैन हजुरहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौ !!

सस्थाको परिचय सहित नव निरबाचित कार्य समितिको तस्बीर


" सामाजिक तथा आर्थिक विकास अभियानमा सहकार्य, आत्मनिर्भरता र समृद्र जीवन सबैका लागि अनिवार्य" भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडी बढेको यस सस्थाले रुपन्देही जिल्लाबाट कतारमा आइ आफ्नो विभिन्न लश्य प्राप्तिका लागि मरभुमीको घाम र तिर्खाबाट कति पनि बिचल्लित नभई यस समाज सेवा अभियान रुपन्देही भित्र आबद्द हुनु भएका तथा अन्य सम्पूर्ण रुपन्देहि वासीलाई आबद्द हुन आब्हान गर्दै तन, मन, धनको साथै नैतिक सहयोग गर्नुहुने सबैमा हामी हार्दिक धन्यबादका साथ आभार प्रकट गर्दछौ !!